एनआरएनए कतारद्वारा विभिन्न कलाकारलाई ११ लाख रुपैयाँ सहयोग « Khabarhub

एनआरएनए कतारद्वारा विभिन्न कलाकारलाई ११ लाख रुपैयाँ सहयोग


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले सन् २०२१–२०२३ को कार्यकालमा विभिन्न सांस्कृतिक कार्यक्रममा आबद्ध विभिन्न संस्थाका कलाकारलाई प्रोत्साहन स्वरुप करिव ११ लाख रुपैयाँ प्रदान गरेको छ।

एनआरएनए एनसीसी कतारले २०१९–२०२१ मा फिफा विश्वकप र कतारको राष्ट्रिय दिवसमा सहभागी कलाकारको प्रस्तुतीबाट आएको केही रकममा एनसीसी कोषबाट थप गरी १५ हजार कतारी रियाल जम्मा भएको थियो । 

यस्तै सन् २०२१–२०२३ को कार्यकालमा पनि फिफा प्रस्तुतिबाट आएको रकममा थप गरि कतारी रियाल १५ हजार गरी एकमुष्ट गरी ३० हजार रियाल नेपाली १० लाख ८० हजार कलाकार आबद्ध संस्थालाई प्रोत्साहन स्वरुप प्रदान गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

एनआरएनए कतारद्वारा ईस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद उल अजाको अवसरमा शुभकामना आदानप्रदान तथा एनसीसी कतारको २०२१–२०२३ कार्यकालको सांस्कृतिक एवं विभिन्न कार्यक्रमहरूमा सहयोग गर्ने सहयोगी, संघसंस्था र कलाकारहरूलाई सम्मान तथा धन्यवाद कार्यक्रम–२०२३ दोहास्थित डिप्लोम्याटिक क्लबमा भव्य रुपमा सम्पन्न भएको अध्यक्ष मुसलमानले बताए ।

कार्यक्रममा एनआरएनद्वारा कोभिड १९ महामारीमा नेपालमा अक्सिजन सिलिन्डर पठाउनका लागि राखिएको आर्थिक संकलन अभियानमा आर्थिक सहयोग गर्ने व्यक्ति र संघ संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

यसैगरी फिफा २०२२ विश्वकपलाई सफल बनाउन कतारको सरकारी तथा विभिन्न संयन्त्रहरूले आयोजना गरेको विश्वकप लक्षित विभिन्न कार्यक्रमहरूमा आप्रवासी समुदायको सहभागिता एनसीसीद्वारा प्रस्तुत गरिएका विभिन्न सांस्कृतिक झाँकीसहितको प्रस्तुतिले नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउने कलाकारलाई मायाको चिनो र प्रशंसापत्र दिइएको थियो ।

एनसीसी कतारको सांस्कृतिक विभागका विभागीय प्रमुख सामयुल सुनुवारको उत्कृष्ट समन्वय र सफल जिम्मेवारी भूमिकाको मूल्यांकन गर्दै कदर पत्रले सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : ४२ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी