उजीरसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ « Khabarhub

उजीरसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तिलोत्तमा- बुटवल उपमहानगर–१३ स्थित उजीरसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ भएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राख्दै प्रदेशस्तरीय रङ्गशाला बनाउने उद्देश्यले काम अगाडि बढाएको थियो । प्रदेश सरकारले प्राथमिकतामा राखे पनि निर्माण प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन ।

वन मन्त्रालयबाट जग्गा र रुख कटानका लागि अध्ययन गर्नेबाहेक अन्य प्रक्रिया सुरु नभएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता मनोज गरैले बताए ।

बुटवल उपमहानगरले नै निर्माणका लागि तयारी गरेको अवस्थामा प्रदेश सरकारले उक्त योजनालाई आफ्नै अग्रसरतामा अघि बढाउन चासो देखाएको छ ।

प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा पाँच करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । आगामी आव २०८०/८१ का लागि प्रदेश सरकारले तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रवक्ता गैरेले जानकारी दिए ।

‘जग्गा प्राप्ति नभएका कारण निर्माणमा ढिलाइ भएको छ’, उनले भने । रङ्गशालाको जग्गा प्राप्ति र रुख कटानका लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेर गत वर्ष चैतमा सङ्घीय मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त फाइल वन मन्त्रालयमा थन्किएको छ ।

जग्गा प्राप्तिको काम ढिला भएकाले ठेक्का तथा अन्य निर्माणका काम सुरु गर्न नसकिएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । चार बिघा क्षेत्रफलमा बन्ने उजीरसिंह रङ्गशाला चारैतर्फ प्यारापिट राखेर झण्डै २० हजार दर्शक अटाउने गरी बनाउन लागिएको हो ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  २ : ४२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र