नागरिकताका आधारमा केरूङ पास « Khabarhub

नागरिकताका आधारमा केरूङ पास


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ ।

यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आइएको थियो ।

बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरूङ जाने परिचयपत्र लिएको भन्ने जनगुनासो बढेपछि रसुवा जिल्लाबाट जारी भएका नागरिकता प्राप्त गर्ने व्यक्तिलाई मात्र स्थायी परिचयपत्र प्रदान गर्न स्थानीय सरकारले अनुरोध गरेको छ ।

नेपाली नागरिकतामा रसुवाको स्थायी ठेगाना उल्लेख भएका व्यक्तिमात्र सिमापासका लागि योग्य हुने बताउँदै रसुवा प्रशासनले जारी गरेका नागरिकतालाई आधार मानी परिचयपत्र दिन अध्यागमन कार्यालय टिमुरेलाई गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको हो ।

स्थायी पास नपाउने व्यक्तिलाई केरूङ जाने पहुँच पुर्‍याउन ‘वान डे’ पास उपलब्ध हुने व्यवस्थाका लागि सम्बन्धित निकायमा अनुरोध गरिने गाउँपालिकाले जनाएको छ ।

समय समयमा नकारात्मक कुरा उठ्न थालेपछि नेपालको उत्तरी नाका रसुवागढीलाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय सरकारकोतर्फबाट पहल कदमी चालिएको गोसाइँकुण्ड गाउँपालिकालका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

उनका अनुसार नाका क्षेत्रमा हुने कमिकमजोरीलाई सुधार गरी व्यवस्थित र मर्यादित बनाउन चाल्नुपर्ने कदमका बारेमा स्थानीयसँग पालिकाले सुझाव सङ्कलन गरेको थियो ।

नाका क्षेत्रमा हुने सम्पूर्ण काम व्यवस्थित र नियमबद्ध तरिकाले गराउने उद्देश्यले टिमुरेमा सुझाव सङ्कलन गरिएको उनले जानकारी दिए । नेपाल भित्रने चिनियाँ पर्यटकले प्रयोग गर्ने सवारी साधनको सही व्यवस्थापन, स्थानीय बासिन्दालाई आवश्यक सामग्री ल्याउन सहजता, सामग्री आयात–निर्यात गर्ने सडक मार्ग सुधारलगायत व्यवस्थापकीय कामका लागि सम्बन्धित निकायसामु गाउँपालिकाले अनुरोध गरेको अध्यक्ष तामाङले बताए ।

रसुवा भन्सार कार्यालय टिमुरेको हलमा बिहीवार सम्पन्न सामूहिक छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, गोसाइँकुण्ड गाउँपालिका वडा नं १ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ, वडा नं ३ का वडाध्यक्ष मिङ्मर छिरिङ तामाङ, वडा नं ५ का वडाध्यक्ष दावा मिङ्मर तामाङ, वडा नं ६ का वडाध्यक्ष दावा सिदार तामाङ, स्थानीय बासिन्दा, भन्सार प्रमुख रामप्रसाद पाठक, अध्यागमन प्रमुख चूडामणि अर्याल, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

त्यस्तै जाँच परीक्षणका लागि एकीकृत सुरक्षापोष्ट राखी सरलीकृत गर्ने र यसभन्दा अगाडि जारी भएका फर्जी पास छानविन गर्न सहभागीले माग राखेका थिए । पचाँस प्रतिशत व्यवसायी गैर–रसुवाली भएको भनी आपत्ति जनाउँदै टिमुरेका कामीनुर्पु तामाङले निर्धक्कसँग यहाँका स्थानीय टिमुरेवासीले नाकाको उपभोग गर्न पाउनुपर्ने माग राखेका थिए । गाउँपालिकाले चालेको कदमले रसुवागढी नाका व्यवस्थापनमा सहज हुने सहभागीले बताएका थिए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  २ : ४७ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी