काठमाडौँ उपत्यकामा भारी वर्षा, विभिन्न ठाउँ डुबानमा, सतर्कता अपनाउन आग्रह « Khabarhub

काठमाडौँ उपत्यकामा भारी वर्षा, विभिन्न ठाउँ डुबानमा, सतर्कता अपनाउन आग्रह


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भएको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका सबैजसो नदी तथा खोलाहरुमा भीषण बाढी आएको छ ।

बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेकाले । बागमति, विष्णुमती, धोबिखोला, मनोहरालगायतमा नदीमा जलसतह निक्कै बढ्दो छ ।

उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अविरल वर्षासँगैको बाढीका कारण काठमाडौँको कपन, मुलपानी, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेका छन् । सामाखुसीको रेडन कलेज डुबानमा परेपछि पठनपाठन अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : ५६ बजे

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र