ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना इसाई पक्राउ « Khabarhub

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना इसाई पक्राउ


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद‍- ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना इसाई धर्मावलम्बी पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तस्थित सर्गोधा सहरबाट ईश्वरको निन्दा गरेको आरोपमा प्रहरीले ३५ वर्षीय इसाई धर्मावलम्बी जाकी मसिहलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध पाकिस्तनको कठोर मानिने ईश निन्दा कानूनको धारा २९५–ए र धारा २९८ अनुसार कारवाही प्रक्रिया अघि बढाइएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । उनले फेसबुकमा ईश्वरको निन्दा गर्ने सामग्री शेयर गरेको भन्दै स्थानीय मुहम्मद अवैसले उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका जाकी मसिहको परिवारले भने एक मुसलमानले लेखेको सामग्री शेयर गरेकै भरमा उनलाई पक्राउ गरिएको दाबी गरेको छ । उनको परिवारले लामो समययता जग्गाको निहुँमा जारी विवादलाई लिएर जाकी मसिहलाई फसाएको आरोप लगाएको छ ।

पछिल्लो समय पाकिस्तानमा धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकलाई लक्षित गरी ईश निन्दाको आरोपमा पक्राउ गर्ने र उनीहरुलाई दमन गर्ने क्रम बढेको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : ३२ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु