घरमा धातुले बनेको कछुवा किन राखिन्छ ? « Khabarhub

घरमा धातुले बनेको कछुवा किन राखिन्छ ?


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

कतिपय घर वा कार्यालयमा धातुले बनेको कछुवा राखेको पाइन्छ । हिन्दु धर्म र वास्तुशास्त्रका अनुसार घरमा कछुवा राख्नुलाई निकै शुभ मानिन्छ ।

धार्मिक मान्यता अनुसार कछुवालाई भगवान् श्री विष्णुको एक अवतारका रूपमा पनि लिइन्छ ।

भगवान् विष्णुले कछुवाको रूप धारण गरेर समुद्र मथनको क्रममा मन्दराचल पर्वतलाई आफ्नो कवचमा उठाए थिए । त्यसैले कछुवाको जहाँ बास हुन्छ त्यहाँ धनकी देवी लक्ष्मीको बास हुन्छ भन्ने मान्यता परम्परादेखि चलिआएको छ ।

कछुवा राख्नाले घर वा कार्यालयमा सकारात्मक ऊर्जा प्रवाह हुनुका साथै घरमा खुसी, समृद्धि छाउने जनविश्वास छ ।

वास्तु शास्त्र अनुसार घरमा धातुको कछुवा राखेमा आयु र आत्मविश्वास बढाउँछ भन्ने मान्यता छ । कछुवालाई धन प्राप्तिको सूचक पनि मानिन्छ ।

कछुवा कस्तो स्थानमा राख्ने ? 
कछुवालाई घरको धेरै जसो आफूले समय बिताउने ठाउँमा राख्नु पर्छ । पानी भरिएको कचौरामा उत्तर दिशामा राख्नु पर्छ । 

उत्तर दिसामा कछुवा राख्नाले धनको लाभ र शत्रुहरूको नास गर्ने र परिवारका सदस्यहरूको आयु लामो हुनुका साथै सुरक्षित रहने विश्वास गरिन्छ ।

घरको मुख्य प्रवेशद्वारमा कछुवाको तस्वीर राख्नाले परिवारमा शान्ति कायम रहने र सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास छ ।

वास्तुशास्त्र अनुसार कुनै पनि व्यवसायीले आफ्नो व्यवसाय गर्ने स्थानको प्रवेशद्वारमा  वा मूल ढोकामा कछुवाको तस्वीर राख्दा व्यवसायमा सफलता र धन लाभ हुन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ४२ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको