घरमा धातुले बनेको कछुवा किन राखिन्छ ? | Khabarhub Khabarhub

घरमा धातुले बनेको कछुवा किन राखिन्छ ?


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

कतिपय घर वा कार्यालयमा धातुले बनेको कछुवा राखेको पाइन्छ । हिन्दु धर्म र वास्तुशास्त्रका अनुसार घरमा कछुवा राख्नुलाई निकै शुभ मानिन्छ ।

धार्मिक मान्यता अनुसार कछुवालाई भगवान् श्री विष्णुको एक अवतारका रूपमा पनि लिइन्छ ।

भगवान् विष्णुले कछुवाको रूप धारण गरेर समुद्र मथनको क्रममा मन्दराचल पर्वतलाई आफ्नो कवचमा उठाए थिए । त्यसैले कछुवाको जहाँ बास हुन्छ त्यहाँ धनकी देवी लक्ष्मीको बास हुन्छ भन्ने मान्यता परम्परादेखि चलिआएको छ ।

कछुवा राख्नाले घर वा कार्यालयमा सकारात्मक ऊर्जा प्रवाह हुनुका साथै घरमा खुसी, समृद्धि छाउने जनविश्वास छ ।

वास्तु शास्त्र अनुसार घरमा धातुको कछुवा राखेमा आयु र आत्मविश्वास बढाउँछ भन्ने मान्यता छ । कछुवालाई धन प्राप्तिको सूचक पनि मानिन्छ ।

कछुवा कस्तो स्थानमा राख्ने ? 
कछुवालाई घरको धेरै जसो आफूले समय बिताउने ठाउँमा राख्नु पर्छ । पानी भरिएको कचौरामा उत्तर दिशामा राख्नु पर्छ । 

उत्तर दिसामा कछुवा राख्नाले धनको लाभ र शत्रुहरूको नास गर्ने र परिवारका सदस्यहरूको आयु लामो हुनुका साथै सुरक्षित रहने विश्वास गरिन्छ ।

घरको मुख्य प्रवेशद्वारमा कछुवाको तस्वीर राख्नाले परिवारमा शान्ति कायम रहने र सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास छ ।

वास्तुशास्त्र अनुसार कुनै पनि व्यवसायीले आफ्नो व्यवसाय गर्ने स्थानको प्रवेशद्वारमा  वा मूल ढोकामा कछुवाको तस्वीर राख्दा व्यवसायमा सफलता र धन लाभ हुन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ४२ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी