हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग बनाउन प्रस्ताव « Khabarhub

हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग बनाउन प्रस्ताव


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिका–१ अम्बाथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ ।

मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव गरेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौँ ल्याउने तयारी छ ।

सोही प्रयोजनका लागि थप नौ किलोमिटर ‘टनेल’ निर्माण गर्दा हेलम्बुको मुहानबाट याङ्री मुहानसम्मको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सहज हुने उनको भनाइ छ ।

याङ्री र लार्केको पानी काठमाडौँ लैजानका लागि निर्माण हुने टनेलको डिजाइन गर्दा पानीसँगै यातायात आवतजावतका लागिसमेत सहज हुने गरी बनाउन उनले आग्रह गरे ।

अध्यक्ष शेर्पाले यातायातसहितको टनेल निर्माण गरिएमा हेलम्बु र पाँचपोखरी क्षेत्र दुवैतिरको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताए । दुईवटै पालिकाको छोटो दूरी र वैकल्पिकमार्गका रूपमा सो मार्ग प्रयोग गर्न सकिने उनको भनाइ छ ।

यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफूले कुरा उठाएको अध्यक्ष शेर्पाले बताए ।

उनले भने, ‘एडिबीले टनेलको डिजाइन गर्दा यातायात आवतजावतसहितको गर्नुपर्छ, यसले गर्दा यस भेगको पर्यटन प्रवर्द्धनमा मात्र नभएर विकासमा समेत टेवा पुग्छ ।’

यो प्रस्तावका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामासँग पनि सल्लाह भएको जनाइएको छ ।

यस विषयमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी तथा सरोकारवाला निकायसँग चरण–चरणमा छलफल गरिसकेको र यसलाई निरन्तर अघि बढाइने शेर्पाको भनाइ छ ।

सो प्रस्तावमा मेलम्ची खानेपानी विकास समिति पनि सकारात्मक रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ७ : १६ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा