महिला टी–२० विश्वकप छनोट : सेमिफाइनलमा नेपाल र थाइल्याण्ड खेल्दै | Khabarhub Khabarhub

महिला टी–२० विश्वकप छनोट : सेमिफाइनलमा नेपाल र थाइल्याण्ड खेल्दै


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा अहिले नेपाल र थाइल्याण्ड खेलिरहेका छन् ।

मलेसियामा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि थाइल्याण्डले ब्याटिङ गरिरहेको छ ।

समूह चरणको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई हराउँदै समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल खेलेका हुन् ।

नेपाल आजको खेलमा जित निकाल्दै महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा पहिलो पटक स्थान बनाउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । तर सन् २०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाइल्यान्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन ।

अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ७ : ३४ बजे

चेपाङ समुदायले आज न्वांगी पर्व मनाउँदै

चितवन– चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदै छन् ।

जलवायु परिवर्तनमा गम्भीर छैन सरकार

नेपाल भौगोलिक र जलवायु परिवर्तनका कारण विश्वकै उच्च प्रकोप जोखिमयुक्त

यूएई सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान भिड्दै

काठमाडौं – एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको फाइनलमा

काठमाडौंको चन्द्रागिरिस्थित इन्द्रदहमा मेला

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज (आइतबार) बिहानैदेखि काठमाडौंको पश्चिमोत्तर

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं– एनएमबी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ ।