थाइल्याण्डद्वारा नेपालसामू १०६ रनको लक्ष्य « Khabarhub

थाइल्याण्डद्वारा नेपालसामू १०६ रनको लक्ष्य


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्याण्डले नेपालसामू १०६ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बाङ्गीमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रन बनाएको छ ।

थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ५९ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै, नट्थाकन चान्थम्ले ३१ रन बनाइन् ।

नेपालकी कविता कुँवर र पूजा महतोले एक–एक विकेट लिए । आजको खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेमा पहिलो पटक ग्लोबल टी–२० छनोटमा पुग्नेछ ।

नेपाल आजको खेलमा जित निकाल्दै महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा पहिलो पटक स्थान बनाउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ ।

तर सन् २०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाइल्यान्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन ।

अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ९ : १८ बजे

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने