कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो : अध्यक्ष लिङ्देन « Khabarhub

कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो : अध्यक्ष लिङ्देन


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाएका छन् । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउँदै उनले राष्ट्रिय प्रजातन्त्र पाटीले अवसर पाए कर्णालीका अनेकौँ सम्भावनाको ढोका खोल्ने दाबी गरे । 

सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूहरूले सत्ता केन्द्रित राजनीति नगर्ने बताएका छन् । पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको बताउँदै उनले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताए । 

पछिल्लो समय सरकारले भ्रष्टाचारका फाइल खोलेको भए पनि अनुसन्धानले तीव्रता नपाएको उनको भनाइ थियो । उनले भने, ‘सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्नका लागि हाम्रो पार्टीका १४ सांसदको साथ चाहिए दिन तयार छौँ ।’ सोच र कार्यशैलीमा नवीन, राप्रपा अब नवीन राप्रपा भन्ने कार्ययोजना अनुसार सुर्खेतमा हुने कार्यकर्ता प्रशिक्षणका लागि राप्रपा अध्यक्षसहितका नेताहरू आज सुर्खेत आएका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ५ : ०१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन