कर्णालीको सबैभन्दा ठूलो जात्रा सम्पन्न « Khabarhub

कर्णालीको सबैभन्दा ठूलो जात्रा सम्पन्न


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला सदरमुकाम खलङ्गा बजारमा कर्णालीको सबैभन्दा ठूलो र लामो जात्रा सम्पन्न भएको छ । स्थानीयवासीको बाक्लो उपस्थितिमा लाखे काटेर रथ यात्रा गरेपछि जात्रा विधिवत् रूपमा सम्पन्न भएको छ ।  

विसं १९५३ देखि सुरु गरिएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको जात्रा व्यवस्थापन समितिका महासचिव आनन्द अधिकारीले जानकारी दिए । प्रतिपदाको दिन सुरु हुने जात्रा नवमीको दिन लाखे काटेर सम्पन्न हुने गरेको छ। महासचिव अधिकारीले भने, ‘जिल्लामा लाखे नचाउने र देउडा खेल्ने चलन रहेको छ । यो संस्कृति विशेषगरी मल्लकालीन सभ्यताबाट सुरुआत हुँदै आएको इतिहास छ । 

त्यस सभ्यताले जन्माएको संस्कृति मुलुकका थुप्रै जिल्लामा बर्सेनि धुमधामसँग मनाउने गरिन्छ ।’ सदरमुकाम खलङ्गामा जात्रा बर्सेनि धुमधामका साथ मनाइने गरिएको अधिकारीको भनाइ छ । 

जात्राका जानकार चित्रलाल श्रेष्ठका अनुसार वर्षैपिच्छे मनाइँदै आएको जात्राले वर्षभरि काम गरेका कर्णालीलगायत हिमाली जिल्लाका सर्वसाधारणको थकान मेटाई तथा मनोरञ्जन दिनुका साथै संस्कृतिको पनि संरक्षण गरेको छ । जात्राका लागि जुम्लाका ग्रामीण बस्तीबाट मानिस सदरमुकाममा बाक्लोरूपमा भित्रिएका थिए । जात्रामा जिल्ला प्रशासन, नेपाली सेना र नेपाल प्रहरीले पनि आफ्नो संलग्नताका साथ संस्कृतिलाई पनि संरक्षण गर्दै आएको छ ।

जात्रामा नेपाली सेना तथा नेपाल प्रहरीले आशा गुर्जा, बालगोपाललाई भित्र्याएकोमा श्रीकृष्ण सलामी दिने र लाखेकाटेपछि सेनाको लस्करसहित सलामी अर्पणसहित लामो रथयात्रा गरिसकेपछि सम्पन्न गरिने चलन रहेको छ । 

जानकार विष्णुप्रसाद उपाध्यायले अन्तिम दिन बडिमालिकाबाट ल्याइएको सामग्रीको सरकारी रथ र नागरिकले बनाएको रथसँगै मिसाएर चन्दननाथ मन्दिरमा सामग्री चढाउने, लाखे काट्ने र सलामी दिने प्रचलन रहेको बताए । कृष्ण अष्टमीको दिन रातको १२ बजे कृष्ण जन्मिने र यसपछि देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ । 

करिब एक साता लामो जात्रा हेर्न जुम्लामा डोल्पा, मुगु, दैलेख, कालिकोट, जाजरकोट सुर्खेत र रुकुम जिल्लाका मानिस आउने गरेको जात्रा व्यवस्थापन समिति जुम्लाले जनाएको छ । 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ५८ बजे

ग्रे लिस्टबाट निस्कन सकेन नेपाल, एफएटीएफको पेरिस बैठकले दियो निरन्तरता

काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क

टिपर दुर्घटनामा चालकको मृत्यु 

तनहुँ– स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे

झापामा लागूऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा– पछिल्लो समय लागूऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती– लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः