‘युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी’ « Khabarhub

‘युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी’


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन् । उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिए। 

पार्टीको समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका नेता खनालले आज समाजवादी प्रेस संगठन नेपाल, रूपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनका साथै तिनलाई केन्द्रमा राखेर पार्टीले जागरण अभियान चलाइरहेको बताए । 

यस अभियानले समाजवादतर्फ जान मद्दत गर्ने उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता पनि औँल्याए । ‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्ट एक हुनुपर्ने हुन्छ’, नेता खनालले भने ‘यसका लागि नयाँ ध्रुवीकरण जरुरी छ ।’

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : ०२ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा