इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह | Khabarhub Khabarhub

इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फिर्ता ल्याउन आग्रह गरेका छन् । इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा परी केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले विज्ञप्तिमार्फत घटनाको भर्त्सना गरेका छन् ।

इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकिन तथ्यांक पत्ता लगाई उनीहरूको जीवन रक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन सभापति देउवाले आग्रह गरेका छन् । आवश्यक उद्धार गरी यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्नसमेत उनले माग गरेका छन् ।

सभापति देउवाले इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्घसंस्था, आप्रवासी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायसँग पार्टीका तर्फबाट आग्रह गरेका छन् । उनले अप्ठ्यारोमा परेका नेपालीले आवश्यक सहयोगका लागि इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ५ : ५८ बजे

जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द

काठमाडौं – राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सी अस्थायी रूपमा बन्द

ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध परेको जाहेरी तामेलीमा

एकीकृत समाजवादी र माओवादीबीच एकता टुङ्गिएको छैन : दामोदर अर्याल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा केन्द्रीय प्रचार

खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउँदैछौँ: मुख्यमन्त्री बानियाँ

काठमाडौँ- बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खर्च कटौतीका लागि

मोटरसाइकल दुर्घटनामा कृषि परियोजना एकाइ पोखराका प्रमुख लम्सालको मृत्यु

स्याङ्जा – आज पुतलीबजार नगरपालिका–१४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा सोही