बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील : मन्त्री आचार्य « Khabarhub

बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील : मन्त्री आचार्य


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील रहेको बताएका छन् । 

हाल विराटनगर, वीरगञ्ज, मकवानपुर, डोटी, भक्तपुर, पोखरा, नेपालगञ्ज र भैरहवामा सञ्चालित बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका रहेकाले त्यसको व्यवस्थापनमा सरकार क्रियाशील रहेको मन्त्री आचार्यले बताएका हुन् । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले बाँकेको नौवस्तामा सुधारगृह व्यवस्थापनको काम भइरहेको बताए । 

सुधारगृहका बालबालिकाका लागि कक्षा १० सम्म अध्यापन स्वीकृति प्राप्त भएको, बालसुधार गृहमा मनोसामाजिक विमर्श व्यवस्थाका लागि केन्द्रीय बाल न्याय समितिबाट बजेटको व्यवस्था गरिएको, बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार मुद्दा दर्ता भएको मितिले एक सय २० दिनभित्र किनारा लगाउनुपर्ने व्यवस्था कार्यान्वयनको प्रयास भइरहेको मन्त्री आचार्यले जानकारी दिए । बाल सुधारगृहमा बालबालिकाको सङ्ख्या क्षमताभन्दा बढी रहेको उनले उल्लेख गरे । 

मङ्गलादेवी सिंह र साहना प्रधानको नाममा स्थापित ‘मङ्गला–साहना पुनःस्थापना केन्द्र’बारे सोधिएको प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नाममा रहेको आठ रोपनी १० आना  जग्गाको प्रमाण पुर्जा प्राप्त भएको जानकारी दिए । सो जग्गामा आर्थिक वर्ष २०७८-७९ मा सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी तारबारसमेत लगाइएको उनले बताए । सो जग्गामा भवन निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)सित सम्झौता भइसकेको मन्त्री आचार्यले जानकारी दिए। 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : ३८ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका