एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ « Khabarhub

एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

कास्की –एटिएम मेसिन तोडफोड गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका– ९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई प्रहरीले पक्राउ गरेको हो।

पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : ५४ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको