देश/प्रदेश

हेटौंडाबाट पटका र अवैध चिनी बरामद

By खबरहब

November 08, 2023

हेटौंडा – हेटौंडाबाट विभिन्न परिमाणको पटका र चिनी बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई पिपल चौतारामा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.४९ प १२८० नम्बरको मोटरसाइकलबाट पटका बरामद गरेको हो।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले चिनीको बोराभित्र लुकाएर ल्याएको अवस्थाको नागिन पटका ८ हजार ४ सय पिस, चक्करी पटका एक प्याकेट, बुलेट बम पटका २ प्याकेट र फ्लावरकोन पटका एक प्याकेट नियन्त्रणमा लिइएको जानकारी दिए।

यस्तै, प्रहरीले पटका लुकाएर ल्याइएको चिनी अन्दाजी ५० केजीसमेत बरामद गरेको छ। पटका ल्याउने मोटरसाइकलचालकलाई भने छोडिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।