देशलाई अघि बढाउन सुरक्षा नीति आवश्यक छ « Khabarhub

देशलाई अघि बढाउन सुरक्षा नीति आवश्यक छ


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तपाईंले जति पर्यटनको व्यापार गर्नुहुन्छ त्यहाँ ९० प्रतिशत सामान विदेशबाट आउँछ। सबै पैसा विदेशीले खान्छन्। हामीले व्यापार गर्न सक्ने भनेको सेवा मात्र हो। सेवामा रोजगारी गरेर खाने हो भने पाँच तारे होटल भन्दा होमस्टे राम्रो हुन्छ। तर त्यहाँ पनि म्यानेजर तहमा विदेशी नै आउँछन्। पाँच हजार ६ हजार डलर खान सबै विदेशी आउने हुन्। यसले त पैसा विदेश नै जाने भयो। यसको व्यवस्थापन कसरी गर्ने ?

अधिकांश मान्छेहरू नेपालमै बसुन् र यही रोजगार हुन् भनेर हामी कल्पना गर्छौं। तर त्यसको लागि केही त गर्न पर्यो नि। ठूलो मात्रामा जाने कल्पना गर्छौँ। तर त्यो ठूलो जनशक्ति सबै बाहिर गएका छन्। त्यसको डिप्रेसनमा हामी बसिरहेका छौँ। त्यसले गर्दा यो दुवै कुरालाई मिलाएर अघि बढ्नुपर्छ।

पछिल्लो समय हामी धेरै बोल्छौं। धेरै कुरा गर्छौं। यसमा सबै भन्दा धेरै बोल्ने सुरक्षा निकाय नै छ। आर्मी छ, प्रहरी छ। हामी पहिला बन्दुक बोकेर हिँडेका मान्छे अहिले ‘थिङट्याङ’ भएका छौँ। बोलेको बोल्यै गर्छौँ।

पछिल्लो समय हामी धेरै बोल्छौं। धेरै कुरा गर्छौं। यसमा सबै भन्दा धेरै बोल्ने सुरक्षा निकाय नै छ। आर्मी छ, प्रहरी छ। हामी पहिला बन्दुक बोकेर हिँडेका मान्छे अहिले ‘थिङट्याङ’ भएका छौँ। बोलेको बोल्यै गर्छौँ।

राष्ट्रिय नीति विकास गर्दा त्यसको तीन वटा तह हुन्छ। मैले एउटा पेपर पनि लेखेको थिएँ। मेरो किताब पनि आएको छ (सेक्युरिटी सेक्टर इनफम) मा हामी सबै सुरक्षाकर्मी हौँ। नेपाल पुलिस, आम पुलिस फोर्स भनेर लुगा लगाएर सडकमा हिँड्ने मात्र हो।

हाम्रो माथि गृह मन्त्रालय र मन्त्रालयहरु छन्। त्यसलाई हामी ओभर साइज बढिज भन्छौँ। हाम्रो ओभर साइज बढिज कस्तो छ ? हामीलाई नियन्त्रण गर्ने सरुवा बढुवा गर्ने कस्ता छन् ? त्यसपछि नेपालको सुरक्षा नीति वा आर्थिक नीतिको कुरा गरौं। तर यसको रणनीति खोइ त ? बनाउनेले किन बनाउन सकेको छैन ? कानुन बनाउन किन ढिलाइ भइरहेको छ ? अस्ति भर्खर छ महिनामा एउटा कानुन बन्यो। भनेपछि अनुसन्धान गर्दा त्यहाँ प्वाल परेर चुहिएर जाने त्यति कै छ। यहाँ वास्तवमा हामी जहाँ उभिन्छौँ त्यहाँ आर्थिक, सुरक्षा, सामाजिक सुरक्षा, राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा सबै त्यही आएर अन्त्य हुन्छ।

हाम्रो राष्ट्रमा सुरक्षाको नीति नै छैन ।  दुई पटक बनाउन खोजे पनि त्यो तुहिएर गयो। अहिले अर्को पनि अड्किएर बसेको छ। आउन सकेको छैन । माथिबाट नै निर्देशन नगरेपछि यो त एकदम धुवाँमा लगेर लडाए जस्तो भयो।

अहिले सरकारको मुख्य सचिवले यी कुरा बुझ्नुपर्छ। हामी राष्ट्रिय सुरक्षा रणनीतिक नीतिमा कहाँ छौँ त ? किनभने हाम्रो राष्ट्रमा सुरक्षाको नीति नै छैन । दुई पटक बनाउन खोजे पनि त्यो तुहिएर गयो। अहिले अर्को पनि अड्किएर बसेको छ। आउन सकेको छैन । माथिबाट नै निर्देशन नगरेपछि यो त एकदम धुवाँमा लगेर लडाए जस्तो भयो। अनि हामी यसैमा व्यायाम गरिरहेको छौँ भने हाम्रो नेतृत्व कता जान्छ त ? यही हो देशको समस्या।

(आईएसएसआर र खबरहबको आयोजनामा भएको ‘आर्थिक कूटनीति र सीमा सुरक्षा विषयक अन्तरक्रिया’ कार्यक्रममा रविराज थापाले राख्नुभएको धारणाको सम्पादित अंश )

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ०० बजे

अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु

एजेन्सी – मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने