देशलाई अघि बढाउन सुरक्षा नीति आवश्यक छ « Khabarhub

देशलाई अघि बढाउन सुरक्षा नीति आवश्यक छ


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तपाईंले जति पर्यटनको व्यापार गर्नुहुन्छ त्यहाँ ९० प्रतिशत सामान विदेशबाट आउँछ। सबै पैसा विदेशीले खान्छन्। हामीले व्यापार गर्न सक्ने भनेको सेवा मात्र हो। सेवामा रोजगारी गरेर खाने हो भने पाँच तारे होटल भन्दा होमस्टे राम्रो हुन्छ। तर त्यहाँ पनि म्यानेजर तहमा विदेशी नै आउँछन्। पाँच हजार ६ हजार डलर खान सबै विदेशी आउने हुन्। यसले त पैसा विदेश नै जाने भयो। यसको व्यवस्थापन कसरी गर्ने ?

अधिकांश मान्छेहरू नेपालमै बसुन् र यही रोजगार हुन् भनेर हामी कल्पना गर्छौं। तर त्यसको लागि केही त गर्न पर्यो नि। ठूलो मात्रामा जाने कल्पना गर्छौँ। तर त्यो ठूलो जनशक्ति सबै बाहिर गएका छन्। त्यसको डिप्रेसनमा हामी बसिरहेका छौँ। त्यसले गर्दा यो दुवै कुरालाई मिलाएर अघि बढ्नुपर्छ।

पछिल्लो समय हामी धेरै बोल्छौं। धेरै कुरा गर्छौं। यसमा सबै भन्दा धेरै बोल्ने सुरक्षा निकाय नै छ। आर्मी छ, प्रहरी छ। हामी पहिला बन्दुक बोकेर हिँडेका मान्छे अहिले ‘थिङट्याङ’ भएका छौँ। बोलेको बोल्यै गर्छौँ।

पछिल्लो समय हामी धेरै बोल्छौं। धेरै कुरा गर्छौं। यसमा सबै भन्दा धेरै बोल्ने सुरक्षा निकाय नै छ। आर्मी छ, प्रहरी छ। हामी पहिला बन्दुक बोकेर हिँडेका मान्छे अहिले ‘थिङट्याङ’ भएका छौँ। बोलेको बोल्यै गर्छौँ।

राष्ट्रिय नीति विकास गर्दा त्यसको तीन वटा तह हुन्छ। मैले एउटा पेपर पनि लेखेको थिएँ। मेरो किताब पनि आएको छ (सेक्युरिटी सेक्टर इनफम) मा हामी सबै सुरक्षाकर्मी हौँ। नेपाल पुलिस, आम पुलिस फोर्स भनेर लुगा लगाएर सडकमा हिँड्ने मात्र हो।

हाम्रो माथि गृह मन्त्रालय र मन्त्रालयहरु छन्। त्यसलाई हामी ओभर साइज बढिज भन्छौँ। हाम्रो ओभर साइज बढिज कस्तो छ ? हामीलाई नियन्त्रण गर्ने सरुवा बढुवा गर्ने कस्ता छन् ? त्यसपछि नेपालको सुरक्षा नीति वा आर्थिक नीतिको कुरा गरौं। तर यसको रणनीति खोइ त ? बनाउनेले किन बनाउन सकेको छैन ? कानुन बनाउन किन ढिलाइ भइरहेको छ ? अस्ति भर्खर छ महिनामा एउटा कानुन बन्यो। भनेपछि अनुसन्धान गर्दा त्यहाँ प्वाल परेर चुहिएर जाने त्यति कै छ। यहाँ वास्तवमा हामी जहाँ उभिन्छौँ त्यहाँ आर्थिक, सुरक्षा, सामाजिक सुरक्षा, राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा सबै त्यही आएर अन्त्य हुन्छ।

हाम्रो राष्ट्रमा सुरक्षाको नीति नै छैन ।  दुई पटक बनाउन खोजे पनि त्यो तुहिएर गयो। अहिले अर्को पनि अड्किएर बसेको छ। आउन सकेको छैन । माथिबाट नै निर्देशन नगरेपछि यो त एकदम धुवाँमा लगेर लडाए जस्तो भयो।

अहिले सरकारको मुख्य सचिवले यी कुरा बुझ्नुपर्छ। हामी राष्ट्रिय सुरक्षा रणनीतिक नीतिमा कहाँ छौँ त ? किनभने हाम्रो राष्ट्रमा सुरक्षाको नीति नै छैन । दुई पटक बनाउन खोजे पनि त्यो तुहिएर गयो। अहिले अर्को पनि अड्किएर बसेको छ। आउन सकेको छैन । माथिबाट नै निर्देशन नगरेपछि यो त एकदम धुवाँमा लगेर लडाए जस्तो भयो। अनि हामी यसैमा व्यायाम गरिरहेको छौँ भने हाम्रो नेतृत्व कता जान्छ त ? यही हो देशको समस्या।

(आईएसएसआर र खबरहबको आयोजनामा भएको ‘आर्थिक कूटनीति र सीमा सुरक्षा विषयक अन्तरक्रिया’ कार्यक्रममा रविराज थापाले राख्नुभएको धारणाको सम्पादित अंश )

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ०० बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय