रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन « Khabarhub

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६ जना नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउन चुनौतीपूर्ण बनेको बीबीसीले जनाएको छ ।

नेपालका लागि रुसका राजदूत मिलन तुलाधरलाई उधृत गर्दै बीबीसीले लेखेको छ,‘यसबारे अहिलेसम्म कुनै प्रगति भएको छैन ।’

परराष्ट्र मन्त्रालय स्रोतले पनि अहिलेसम्म रुसको जवाफ पर्खिरहेको प्रतिक्रिया दिएको छ । दुई देशबीच कुराकानी भइरहे पनि रुसका तर्फबाट कुनै जवाफ नआएको परराष्ट्रका अधिकारीले जनाएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसका तर्फबाट लड्ने क्रममा युक्रेनी सेनाको आक्रमणमा परी ६ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखराका देवान राई, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, स्याङजाका पितक कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन् ।

 

बीबीसीले मृतकका परिवारको हवाला दिँदै जनाए अनुसार शवहरु जमीनमा गाडिसकिएको हुन सक्ने भएकाले तत्काल उत्खनन गरेर फिर्ता पठाउन सहज छैन ।

मृतक देवान राईका पिता धनराज राईलाई उधृत गर्दै सरकारले चाँडो पहल गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ ।

‘मेरो छोराको अनुहार हेर्न चाहन्छु, छोरो फिर्ता आएन भने सरकारसँग के आश गर्ने ?’ देवानका पिताको भनाइ छ ।

सरकारले रुसी सेनामा भर्ती गरिएका नेपालीहरुको तथ्यांक मागेको छ । साथै अबैध रुपमा भर्ना गरिएका नेपालीलाई तत्काल फिर्ता गर्न नेपालले रुसी सरकारलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : २२ बजे

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा