भूकम्प पीडितले २५ लाखसम्म सस्तो ब्याजमा घर कर्जा पाउने | Khabarhub Khabarhub

भूकम्प पीडितले २५ लाखसम्म सस्तो ब्याजमा घर कर्जा पाउने


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाजरकोट भूकम्प प्रभावितले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो व्यवस्था गरेको हो । यस प्रयोजनका लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने छ । 

भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८०२०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था पनि गरिनेछ ।

साथै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ । साथै रु ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरेको छ । 

समीक्षामा ननडेलिभरेबल फरवार्ड कारोबार र स्थानीय विप्रेषण कारोबारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख छ । लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरूको कर्जालाई पुनर्संरचना गर्न सक्ने व्यवस्था पनि समीक्षामार्फत गरिएको छ । 

मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने समेत व्यवस्था समीक्षामार्फत गरिएको छ । 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १२ : २२ बजे

सम्झानाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले यूएईलाई हरायो

काठमाडौं– नेपालले जारी महिला एसिया कपमा नेपालले विजयी शुरुवात गरेको

अर्थमन्त्रीलाई भेटेर चेम्बरले भन्यो- कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु

भेटिइनन् त्रिशूलीमा बेपत्ता सृष्टि, कुशको शव बनाएर अन्तिम संस्कार

बारा- गत शुक्रबार बिहान चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले

परराष्ट्रले भन्यो- बङ्गलादेशमा नेपाली विद्यार्थी सुरक्षित छन्

काठमाडौं-  सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

भद्रपुर– गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको  पुँजीगतर्फ चार अर्ब ८० करोड