पर्यटन प्रवर्द्धन गर्न वेस्टर्न ट्राभल मार्ट आयोजना हुने « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न वेस्टर्न ट्राभल मार्ट आयोजना हुने


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

राँझा– पश्चिम नेपालमा पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित आगामी माघ २७ देखि २९ गतेसम्म  मार्टका लागि तयारी गरिएको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) जिल्लाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

उनका अनुसार नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्न लागिएको मार्टलाई विशेष महत्वको बनाउने गरी कर्णाली र लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य तथा कला संस्कृतिलाई प्राथमिकतामा राखेर काम गरिने छ । मार्टमा आउने पाहुनालाई पर्यटनसम्बन्धी स्टलदेखि यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्तव्यको भ्रमण, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा र्‍याफटिङ, रारा यात्रा र माउण्टेन फलाइट गराउने तयारी भएको अध्यक्ष सिग्देलले बताए ।

मार्टबाट बाँकेका दुई वटा ऐतिहासिक धार्मिकस्थल नरैनापुरको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिरलाई विशेष रुपमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । यसैगरी नेपालको मौलिक उत्पादनको रुपमा रहेको ‘अल्लो’ बाट निर्माण गरिएको सामग्री र शालिग्रामको प्रचारका लागि आयोजक नाटाले काम गर्ने उनको भनाइ थियो । मार्टका बेला पश्चिम नेपालमा लगानीको वातावरण निर्माण र सम्भावनाको खोजीबारे छलफल गर्न नेपालका पर्यटन व्यवसायी र उद्योगपतिलाई निमन्त्रणा गर्ने तयारी गरिएको नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले जानकारी दिए ।

उनले पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्ने भएकोले पश्चिम नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरि चिनाउने लक्ष्यसहित आफूहरूले काम गरिरहेको जिकिर गरे । दोस्रो पटक नेपालगञ्जमा हुन लागेको मार्टमा सहभागिता जनाउनु पश्चिम क्षेत्रका पर्यटन व्यवसायीका लागि गर्वको कुरा भएको  पर्यटन प्रवर्द्धन मञ्चका जिल्ला संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । ट्राभल मार्टमा भारतको दिल्ली, आगरा, गोण्डा, बनारस र लखनउबाट पर्यटन व्यवसायी तथा पर्यटकलाई ल्याउने तयारी गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १ : २३ बजे

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको