अफगानिस्तानमा लागूऔषधको समस्या विकराल बन्दै « Khabarhub

अफगानिस्तानमा लागूऔषधको समस्या विकराल बन्दै


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा अवैध लागूऔषधको समस्या झन् विकराल बन्दै जान थालेको छ । अफगानिस्तानको खामा प्रेसले मुलुकमा लागूऔषधको कारोबार बढ्दै गएको जनाएको हो ।

गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेपछि लडाकु समूह तालिबानले मुलुकमा अवैध लागूऔषधको उत्पादन, प्रशोधन र तस्करीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि लागूऔषधमाथि प्रतिबन्ध लगाउन तालिबानले गरेको व्यवस्था व्यवहारमा कार्यान्वयनमा भने नआएको खामा प्रेसले जनाएको छ ।

तालिबानलेसत्ता सम्हालेपछि अफगानिस्तानको अर्थतन्त्र संकटमा परेको छ भने बेरोजगारी पनि उत्कर्षमा पुगेको छ । मुलुकमा व्याप्त मानवीय संकट अहिले अफगानिस्तानमा शासन गरिरहेको तालिबान सरकारको क्षमताभन्दा बाहिर रहेको खामा प्रेसले जनाएको छ ।

लागूऔषध अफिम उत्पादनको हिसाबमा अफगानिस्तान विश्वकै सबैभन्दा ठूलो मुलुक हो । अफगानिस्तानबाट हरेक वर्ष १।५ अर्बदेखि ३ अर्ब अमेरिकी डलर बराबरको अफिम र हेरोइनको तस्करी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : २१ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा