लमजुङ अस्पतालमा निःशुल्क डाइलासिस सेवा « Khabarhub

लमजुङ अस्पतालमा निःशुल्क डाइलासिस सेवा


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालले निःशुल्क डाइललासिस सेवा सुरु गर्ने भएको छ। अस्पतालले यही हप्ताबाट निःशुल्क डाइलासिस सेवा सुरु गर्ने जनाएको हो।

केही महिना अघिबाट डाईलासिस सेवा सुरु भएको अस्पतालमा सेवा निःशुल्क गर्नका लागि सामाजिक सुरक्षा महाशाखा काठमाडौँले पनि अनुमोदन गरिसकेको लमजुङ अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ड डा. रमेश आचार्यले बताए।

जिल्लाका नगरपालिका र गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले आ–आफ्नो पालिका भित्रका डाइलासिस गरिरहेका बिरामीहरूको नाम सामाजिक सुरक्षा महाशाखा काठमाडौँमा पठाउनु पर्ने र सबै बिरामीको नाम विपन्न नागरिक कोषमा दर्ता भई आएपछि निःशुल्क डाइलसिस सेवा सुचारु गर्ने तयारीमा रहेको अस्पताल प्रमुख डा. आचार्यको भनाई छ। अस्पतालमा यसअघि डाईलासिस सेवा लिँदा प्रतिपटक तीनहजार पाँचसय रुपैयाँ तिर्न बाध्य भएका थिए।

डा. आचार्यका अनुसार जिल्ला अस्पतालमा हाल सात वटा डाइलासिस उपकरण छ। अस्पतालमा रहेको सात वटा डाइलसिस उपकरण मध्ये ६ वटा मेसिनबाट एकै साथ ६ जनालाई सेवा दिने गरिन सकिनेछ छ भने एउटा उपकरण चाहिँ अत्यावश्यक सेवाको लागि राखिएको अस्पतालले जनाएको छ।

निःशुल्क सेवा सुरु भएसँगै जिल्लामा डाइलसिस सेवा लिइरहेका नागरिकहरूलाई सहज हुने भएको छ। विशेष गरी गरिब तथा विपन्न परिवारका सदस्यहरुलाई नियमित डाईलासिस सेवा लिँदा रकम अभावको समस्याले थप पीडित बनाएको थियो।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : २७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ