माया खोला हाइड्रोको आईपीओ बाँडफाँट | Khabarhub Khabarhub

माया खोला हाइड्रोको आईपीओ बाँडफाँट


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माया खोला हाइड्रोपावरको आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ। यसमा सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनालाई १० कित्ताका दरले सेयर हात पारेका छन्।

उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकामा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ।

माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। यसमध्ये आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर यसअघि नै निष्काशन गरिसकेको छ।

यसैगरी, कम्पनीले सामूहिक लगानी कोषमा १ लाख २० हजार कित्ता र कर्मचारीहरुका लागि ४८ हजार कित्ता सेयर छुटाइएको थियो भने बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको हो। सोही सेयर आज बाँडफाँट गरिएको हो।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ११ : ४७ बजे

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवन– जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं– नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्

सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार

काठमाडौं– सभामुख देवराज घिमिरेले अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कञ्चनपुर कारागारबाट भागेका २३९ कैदीबन्दी फिर्ता

कञ्चनपुर– जेन-जी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता

टिकटकको भविष्य ‘चीनमा निर्भर’ रहने ट्रम्पको धारणा

न्यूयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य