पीएनजीमाथि नेपालको शानदार जित « Khabarhub

 पीएनजीमाथि नेपालको शानदार जित


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग टू-को जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको छ । 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरको समाप्तिमा २४५ रन जोड्दै अलआउट भयो । योसँगै नेपाल ५२ रनले विजयी भएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन जोडेको थियो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासमा नेपालको अहिलेसम्मकै उच्च हो ।  नेपालका लागि सर्वाधिक आसिफ शेखले ११० रन जोड्दा कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान गरेका थिए ।

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप सापकोटाले ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।  

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ४ : ५६ बजे

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी