राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित « Khabarhub

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।

 बिहीबार संघीय संसद्‌मा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाए । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए ।

पौडेलका प्रतिस्पर्धी एमालेका नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ५ : ०३ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ