राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित « Khabarhub

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।

 बिहीबार संघीय संसद्‌मा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाए । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए ।

पौडेलका प्रतिस्पर्धी एमालेका नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ५ : ०३ बजे

१२ वर्षदेखि गतिहीन राष्ट्रिय गौरवका आयोजना २ वर्षभित्र पूरा गरिछाड्ने रास्वपाको घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ

रास्वापले स्टार्टअपलाई विश्व बजारसँग जोड्न ‘अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे’ का अड्चन हटाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ

सुर्खेतमा बालेनको भाषण : डोल्पाको यार्सागुम्बा विश्वभर पुग्दा, जुम्लाको मार्सी र स्याउ चितवन पनि पुगेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले कर्णालीको सभ्यतालाई

संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्नेछौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संघमा १६ र

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई