धुर्कोटमा सय मिटर लामो गुफा फेला  « Khabarhub

धुर्कोटमा सय मिटर लामो गुफा फेला 


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । 

दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो । गुफाभित्र शिवलिङ्ग, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग, खेतबारी जस्ता देखिने विभिन्न आकर्षक आकृति रहेको उनले बताए। 

नयाँ गुफा फेला परेको जानकारी पाएपछि यतिबेला दैनिक सयौँ मानिस अवलोकनका लागि गुफा पुग्ने गरेका छन् । पाँच दिनको अवधिमा छ सयभन्दा बढी व्यक्तिले अवलोकन गरिसकेको वडाध्यक्ष विष्टले बताए । 

विसं २०२८ मा बहुदलीय र निर्दलीयबीचको लडाईं हुँदा सोही ठाउँमा गई लुकेको स्थानीयवासीले बताए । विसं २०६२ मा तुलाराम पाण्डेलगायत स्थानीयवासी सो ठाउँमा ढुङ्गा झिकेर भित्र पस्ने प्रयास गर्दा प्वालभित्र रहने जङ्गली जनावरको आक्रमणको भयले भित्र जान सकेका थिएनन् ।

मान्छे लुक्न मिल्ने प्वाल भेटिए पनि उक्त स्थानलाई साराको दुलोको नामले चिन्दै आइएको थियो । छलफलकै क्रममा उक्त ठाउँमा प्वाल भएको जानकारीपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा प्वाल भित्र जाँदा गुफा रहेको पत्ता लागेको हो । उक्त गुफाको चौडाइ र उचाइ पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ । 

नयाँ फेला परेको गुफालाई  ‘धनिश्वर मनोरम नागेश्वर गुफा’ नामकरण गरिएको छ । गुफा संरक्षणका लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचारप्रसार समिति र जुद्धबहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । 

हाडहाडेमा भेटिएको नयाँ गुफासँगै धुर्कोट गाउँपालिकामा विचित्र गुफासहित गुफाको सङ्ख्या दुई पुगेको छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ६ : ३८ बजे

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने