शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै « Khabarhub

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो अध्ययनअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या चार सय ५९ पुगेको प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले जानकारी दिए।

 ‘राष्ट्रिय निकुञ्जमा हरेक बेला चराहरूको अध्ययन भइरहेको हुन्छ, अहिले यहाँ चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ’, उनले भने, ‘शुक्लाफाँटामा विभिन्न समयमा बसाइँ सरेर पनि चराहरू आउने गरेका छन् ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिने चराको प्रजाति पनि यहाँ रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवले बताए ।

यहाँ भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध र सारसलगायतका दुर्लभ चराका प्रजाति रहेको निकुञ्ज कार्यालयले जनाएको छ । ‘यहाँ खरमयुर, सारस र विभिन्न समयमा गिद्ध पनि बसाइँ सरेर आउने गरेका छन्’, सहायक संरक्षण अधिकृत यादवले भने, ‘शुक्लाफाँटामा विभिन्न प्रजातिका चरा हिउँदको समयमा बसाइँ सरेर आउने गरेका छन् ।’ नेपालमा पाइने आठ सय ८७ चराको प्रजातिमध्ये चार सय ५९ प्रजाति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा दक्षिण एसियाकै ठूलो घाँसेमैदान, ३६ वटा पाटेबाघ, १७ वटा गैँडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन् ।

यहाँको घाँसेमैदानमा सयौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गाको झुण्डले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । पछिल्ला वर्षहरूमा शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक पर्यटक सङ्ख्यासमेत बढेको छ । 

अहिले निकुञ्जमा पर्यटक भित्रिने सिजन भएकाले पनि आन्तरिक पर्यटक बढेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज प्रशासनका अनुसार अहिले महिनामा चार-पाँच सयको सङ्ख्यामा पर्यटक भित्रिने गरेका छन् । 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ४८ बजे

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने