मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ | Khabarhub Khabarhub

मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् ।

राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि कुराकानी गर्दै उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे ।

पूर्वसभामुख नेम्वाङले भने, “घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु । राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाई र शुभकामना छ ।”

जनताले जनताका लागि संविधानसभाबाट संविधान बनाएपछि राष्ट्रपतिको महत्त्वपूर्ण निर्वाचनको चरणबाट गुज्रिएको उल्लेख गर्दै उनले भने, “यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । मलाई धेरै नै खुसी लागेको छ । यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा म सम्झन्छु ।”

जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान र कानूनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिए । उनले भने, “मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

यसैबीच जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफूहरूले मत दिएर निर्वाचनमा विजयी तुल्याएकामा खुसी व्यक्त गर्दै कार्यकालको सफलतका लागि बधाई ज्ञापन गरे ।

उनले भने, “सविधान र लोकतन्त्र रक्षा तथा जनभावनाअनुसार सबैको साझा र एकताको प्रतीकको प्रवर्द्धन गर्ने कार्यमा नयाँ राष्ट्रपतिको भूमिका र जिम्मेवारी केन्द्रित हुनुपर्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ८ : ०६ बजे

दैनिक उपभोग्य वस्तुको अभाव छैन : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही

दीपेन्द्र ऐरीको छलाङ : अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए

काठमाडौं- नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम

रात्रिकालीन विमानस्थलबाट दशैंभर बिहान साढे ४ बजेबाटै उडान हुने

काठमाडौं- बाढीपहिरोका कारण सडक यातायात अस्तव्यस्त हुँदा अहिले हवाइ यातायातमा

शेयर बजारमा २६ अंकको गिरावट, कारोबार ६ अर्ब ७७ करोड बढी 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मंगलबार

काठमाडौंमा मनाइयो विश्व अहिंसा तथा गान्धी दिवस

काठमाडौं- आज अक्टोबर २ विश्व अहिंसा दिवस तथा १५५ औँ