समुद्रमा प्लास्टिक प्रदूषण ‘अत्यधिक’ वृद्धि « Khabarhub

समुद्रमा प्लास्टिक प्रदूषण ‘अत्यधिक’ वृद्धि


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा ‘अत्यधिक स्तरमा’ पुगेको एक नयाँ अध्ययनले देखाएको छ । महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या हो । जनावरहरू माछा मार्ने जाल जस्ता प्लास्टिकका ठूला टुक्राहरूमा फस्न सक्छन् । वा माइक्रोप्लास्टिकहरू खान सक्छन् जुन अन्ततः मानवद्वारा उपभोग गर्ने खाद्य श्रृङ्खलामा प्रवेश गर्दछ ।

बुधबार प्रकाशित एक अनुसन्धानले विश्वका समुद्रको सतहमा अहिले अनुमानित १७० ट्रिलियन प्लास्टिकका टुक्राहरू, मुख्यतया माइक्रोप्लास्टिकहरू रहेको पत्ता लगाएको छ ।“विगत १५ वर्षमा विश्वका समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिक स्तरमा पुगेको छ,” ओपन एक्सेस जर्नल पीएलओएस वानमा प्रकाशित अध्ययनमा भनिएको छ ।

पहिलेको अनुमानभन्दा यो मात्रा बढी थियो । समुद्रमा प्रवेश गर्ने प्लास्टिकको दर यदि यसलाई नियन्त्रण गर्न सकिएन भने आगामी दशकहरूमा धेरै गुणा बढ्न सक्ने अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले सन् १९७९ देखि २०१९ सम्मको ४० वर्षको अवधिमा विश्वभरका ११ हजारभन्दा बढी स्टेसनबाट प्लास्टिकको नमूना लिएका थिए ।

तिनीहरूले १९९० सम्म कुनै प्रवृत्तिहरू फेला पारेनन्, त्यसपछि (१९९०–२००५) को बीचमा प्रवृत्तिहरूमा उतार–चढाव आएको र प्रदूषण आकाशिएको थियो । “हामीले सन् २००५ पछि वास्तवमै तीव्र वृद्धि देखेका छौं । यो समयमा प्लाष्टिक उत्पादनमा तीव्र वृद्धि भएको छ र समुद्रमा प्लास्टिकको प्रवाहलाई नियन्त्रण गर्ने सीमित नीतिहरू पनि छन्,” योगदानकर्ता लेखक लिसा एर्डलले भने।

समुद्रमा प्लास्टिक प्रदूषणका स्रोतहरू असङ्ख्य छन् । जाल र बुयाजस्ता माछा मार्न प्रयोग गरिने सामानहरू प्रायः समुद्रको बीचमा लापरबाहीबस फ्याँकिन्छन् । लुगाफाटा, कार टायर र एकल–प्रयोग प्लास्टिक जस्ता चीजहरू प्रायः तटको नजिक पुगेर समुद्रलाई प्रदूषित गराउँछन् । तिनीहरू अन्ततः ‘माइक्रोप्लास्टिक्स’मा टुक्रिन्छन् ।

इकोनोमिस्ट इम्प्याक्ट र द निप्पोन फाउन्डेसनले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनअनुसार सन् २०१९ को तुलनामा सन् २०५० सम्ममा जी–२० देशहरूमा प्लास्टिकको प्रयोग लगभग दोब्बर हुनेछ र हरेक वर्ष ४५ करोड १० लाख टन पुग्नेछ । प्रतिवेदनअनुसार एकसय बर्ष पहिले अर्थात् सन् १९५० सम्ममा विश्वमा २० लाख टन मात्र प्लास्टिक उत्पादन भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ८ : १९ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन