भेडेटारमा ३० करोड लगानीमा सिसाको स्काइवाक बन्दै « Khabarhub

भेडेटारमा ३० करोड लगानीमा सिसाको स्काइवाक बन्दै


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरीको धरानबाट माथिल्लो क्षेत्र भेडेटारमा सिसाको स्काइवाक बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना रु ३० करोड लागतमा सम्पन्न हुने बताइएको छ ।

वण्डर्स ग्रुपअन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोखरेलले जानकारी दिए ।

स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइवाकमा एकैपटकमा दुई सय जना हिँड्न सक्छन् । सिसाको स्काइवाकको तल भिर भएकाले बेग्लै अनुभव हुने पोखरेलको भनाइ छ ।

भेडेटारको हालको भ्यूटावर भएको ठाउँमा निर्माण सुरु गरिएको यस परियोजना सन् २०२३ भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए । परियोजना साँगुरीगढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनसरीको सिमानामा पर्दछ ।

परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको निर्देशक शर्माले बताए । काठमाडौँको कमलादीमा हाल निर्माण भइरहेको स्काइवाक टावर र इलामको कन्याममा निर्माण भई सञ्चालनमा आइसकेको कन्याम क्लाउड नामको स्काइवाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ९ : ०३ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा