पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु, छ जना घाइते « Khabarhub

पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु, छ जना घाइते


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको एक विद्यालय बाहिर बिहीबार भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

प्रान्तको बन्नू जिल्लामा दुई समूहबीच भएको सशस्त्र झडपमा एक प्रहरी र एक विद्यार्थीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।घाइते विद्यार्थीसहित अन्यलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

घटनापछि झडपमा सम्लग्न दुवै समूहका व्यक्ति फरार भएका छन्भने प्रहरीले उनीहरूको खोजी कार्य सुरु गरेको बताएको छ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सुरक्षाकर्मी र विपक्षी समूहहरूबीच झडपका घटना पछिल्ला केही महिना बढेका छन् । यद्यपि बिहीबारको घटनाको समाचार तयार पार्दासम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ९ : २१ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन