पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु, छ जना घाइते « Khabarhub

पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु, छ जना घाइते


२५ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको एक विद्यालय बाहिर बिहीबार भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

प्रान्तको बन्नू जिल्लामा दुई समूहबीच भएको सशस्त्र झडपमा एक प्रहरी र एक विद्यार्थीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।घाइते विद्यार्थीसहित अन्यलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

घटनापछि झडपमा सम्लग्न दुवै समूहका व्यक्ति फरार भएका छन्भने प्रहरीले उनीहरूको खोजी कार्य सुरु गरेको बताएको छ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सुरक्षाकर्मी र विपक्षी समूहहरूबीच झडपका घटना पछिल्ला केही महिना बढेका छन् । यद्यपि बिहीबारको घटनाको समाचार तयार पार्दासम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ९ : २१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको