भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्रीसहितलाई कैद र जरिवाना « Khabarhub

भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्रीसहितलाई कैद र जरिवाना


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहिद सात जनालाई कैद र जरिवाना हुने ठहर गरेको छ ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले यही फागुन १६ गते भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेको थियो । त्यस प्रकरणका दोषीलाई आज सजाय निर्धारण भएको हो ।

भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा समाज कल्याण परिषद्लाई रू २० करोडभन्दा बढी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ । अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईका अनुसार पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद र रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना, रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन बिगो र थप छ महिना कैद सजाय निर्धारण भएको छ ।

पूर्वमन्त्री टेकबहादुर गुरुङलाई मतियार ठहर गर्दै रू एक करोड २१ लाख, ८४ हजार चार सय एक जरिवानाको सजाय निर्धारण भएको छ ।सातै जनालाई रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना, रू दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन बिगो तोकिएको भए पनि फरक फरक कैद सजाय तोकिएको छ ।

प्रमोद मेहतालाई आठ वर्ष छ महिना कैद, हरिप्रसाद न्यौपानेलाई आठ वर्ष कैद, नुमराज शर्मालाई आठ वर्ष कैद, मदनकुमार लाल कर्णलाई आठ वर्ष कैद र रवीन्द्रकुमार यादवलाई आठ वर्ष छ महिना कैद रहेको छ । कुञ्जबिहारीप्रसाद चौधरीलाई कैद छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १० : ३६ बजे

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’