‘दलित समुदायलाई विभेद गर्ने कार्यको आयोग निन्दा गर्दछ’ « Khabarhub

‘दलित समुदायलाई विभेद गर्ने कार्यको आयोग निन्दा गर्दछ’


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय दलित आयोगले सिरहा जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष यादवले जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै निज अध्यक्ष यादवलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गर्न र अपमानित दलित समुदायको मानव अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३औँ दिनको पुण्य तिथिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘क्रिया भोजमा’ दलित र गैरदलितका लागि अलग अलग साइन बोर्ड टाँसेर अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको आयोगको भनाइ छ । “यगौँदेखि शोषण उत्पीडनमा पारिएका दलित समुदायलाई घोषितरूपमा छुट्याउने गरी ब्यानरसमेत राखेर छुट्टै भोज खुवाउने कार्यको आयोग निन्दा गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी नेकपा ९एकीकृत समाजवादी० निकट नेपाल दलितमुक्ति सङ्गठन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका दलित सङ्घ÷सङ्गठनले पनि आज विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन् । ती सङ्घ÷संस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १० : ५३ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय