चेन्नाईले मुम्बईलाई ७ विकेटले हरायो « Khabarhub

चेन्नाईले मुम्बईलाई ७ विकेटले हरायो


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दोस्रो जित निकालेको छ।

बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि चेन्नाईले मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको सहज जित निकालेको हो।

वान्खडे रंगशालामा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८ दशमलव १ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो।

चेन्नाईको जितमा रहानेले २७ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाउँदा जडेजाले ४ ओभरमा २० रन खर्चेर तीन विकेट लिएका थिए । तुसार देसपान्डे र मिचेल सान्टनरले २/२ विकेट लिए । सिसान्डा मागालाले एक विकेट लिए ।

मुम्बईका लागि जासोन बेहरेनडोर्फ, पियुष चावला र कुमार् कार्तिकेयाले समान एक/एक विकेट लिए ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ। अंकविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ५५ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा