तीन लाख पशुमा पूर्णखोप लगाइँदै « Khabarhub

तीन लाख पशुमा पूर्णखोप लगाइँदै


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दमौली – खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएका हो । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले भने, “विज्ञ केन्द्रको वार्षिक कार्यक्रमअनुसार प्राविधिक छनोट गरी सात स्थानीय तहका ६६ वटै वडामा पशुमा खोप लगाउन खटाएका छौँ । आगामी वैशाखको पहिलो हप्ताभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”

उनका अनुसार कृषकका पशु फार्म तथा गोठमा पुगेर गाईभैँसी, बाख्रा, बङ्गुर सुँगुरलगायतको तथ्याङ्क सङ्कलन गरिएको छ । कार्यालयमार्फत करिब तीन लाख पशुमा पूर्णखोप लगाइँदैछ । “सात पालिकाबाहेकका ऋषिङ , घिरिङ र देवघाट गाउँपालिकामा भने आवश्यकताअनुसारको खोप अभियान सञ्चालन गरिएको छ, त्यहाँ पिपिआरलगायतका खोप अभियान पनि सञ्चालनमा छ”, उनले भने ।

पूर्णखोप अभियानका लागि एक वडा एक खोपकर्ता परिचालन गरिएको छ । कुनै वडामा दुई खोपकर्ता परिचालित छन् । सात स्थानीय तहका ६६ वडामा ७० खोपकर्ता परिचालित भएर पशुलाई खोप लगाउने कार्य जारी रहेको केन्द्र प्रमुख श्रेष्ठले बताए । “सबै प्राविधिकलाई तालिम दिएर यही महिनादेखि पूर्णखोपका लागि परिचालन गरिएको छ”, उनले भने ।

उनका अनुसार म्याग्दे र आँबुखैरेनी गाउँपालिका सहित व्यास र भिमाद नगरपालिकामा पूर्णखोप अभियान सम्पन्न हुने चरणमा पुगिसकेको छ भने अरु पालिकामा करिब ५० प्रतिशतमा खोप लगाइसकिएको छ । जिल्लाको म्याग्देका छ सय ८६ गाईगोरु, एक हजार एक सय ८३ भैँसी, सात हजार सात सय ५० बाख्रा, एक हजार दुई सय ९५ सुँगुर बङ्गुर, छ सय ५२ कुकुर र ८३ बिरालोलाई पूर्णखोप लगाइसकिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले बताए ।

म्याग्देका सात वडामा १० जना खोपकर्ता परिचालन गरिएको छ । “एक हप्ताभित्र म्याग्देका सबै खोप लगाउन योग्य पशुलाई पूर्णखोप लगाइसक्छौँ”, उनले भने। गण्डकी प्रदेश सरकारले प्रदेशलाई नै पूर्णखोपयुक्त बनाएर सङ्क्राम रोग निर्मूल पार्ने योजना बनाएको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयात–निर्यात हुने भएकाले पूर्णखोप अभियान सञ्चालन गरिएको बताइएको छ ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : १६ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो