मङ्गलटारको स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित | Khabarhub Khabarhub

मङ्गलटारको स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजित दुईदिने बृहत् स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित भएका छन् । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र मङ्गल जनविजय माध्यमिक विद्यालयले संयुक्त रुपमा सो शिविर आयोजना गरेका थिए ।

शिविरमा स्त्रीरोग, प्रयोगशाला सेवा (मधुमेह, उच्च रक्तचाप, रगत, दिसा, पिसाब), नाक, कान, घाँटी, हाडजोर्नी, जनरल मेडिसिनसँग सम्बन्धित सेवा प्रदान गरिएको थियो । शिविरका संयोजक नवराज अधिकारीले शिविरमा स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख डा कोमलराज रिजाल र प्रेम पौडेल, विपी स्मृति सामुदायिक सहकारी अस्पतालबाट जनरल हेल्थमा डा सुरेन्द्र बस्नेत, स्त्रीरोग विशेषज्ञ डा कविता अधिकारी, हाडजोर्नी विशेषज्ञमा डा नवराज बस्नेत, नाक, कान, घाँटी विशेषज्ञ डा कृति अधिकारी र डा प्रवेश घिमिरे, छाला रोग विशेषज्ञ डा सहज्योति शाहले सेवा प्रदान गरेका थिए ।

सो विद्यालयका शिक्षक राजेन्द्रप्रसाद अधिकारीले स्वास्थ्य शिविरबाट स्थानीयवासी लाभान्वित भएको जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ११ : २५ बजे

नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन कन्द्र (तस्बिरहरू)

काठमाडौँ- ललितपुरको गोदावरीस्थित देशकै सबैभन्दा ठूलो सनराइज सम्मेलन केन्द्र भदौ

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

तानसेन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय