एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक « Khabarhub

एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन  – एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को तयारी तीव्र पारिएको छ। लक्की मिडिया हाउस चितवनले असारमा चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको प्रचार प्रसारलाई तीव्र बनाएको हो।

नायिका पूजा शर्माले लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक गरेकी हुन्। चलचित्र उद्योगको प्रवर्द्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड गर्न लागेको हो।

लक्की मिडिया हाउसले प्रचार सामाग्री सार्वजनिक गर्ने अभियान नै चलाएको छ। लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले टिसर्ट मोफसल टूर कार्यक्रममा प्रयोग हुने बताए। मोफसल टूर देशका मुख्य शहरमा पुग्नेछ। पहिलो टूर बाग्लुङ हुने जनाइएको छ। नेपालका मुख्य शहरमा फिल्मी अवार्डबारे जानकारी गराउने अभियान छिटै चल्ने बताए।

टिसर्ट सार्वजनिक कार्यक्रममा चितवनका युवा उद्यमी तथा वरिष्ठ समाजसेवी विजय बहादुर घले, वरिष्ठ दन्त चिकित्सक डा. विष्णुप्रसाद सुवेदी, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय सुवेदी आवाज, युवा उद्यमी सुरज तिवारी, अवार्ड कार्यक्रम संयोजक राजेश शर्मा आचार्य लगायतको सहभागिता रहेको थियो।

टिसर्ट सौजन्य भरतपुर, मालपोतचोक र गैँडाकोटमा रहेको स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रालिले गरेको थियो। विभिन्न ३० विधामा सिने क्षेत्रका उत्कृष्ट कलाकारलाई अवार्ड वितरण गरिने जनाइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १२ : २३ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण