सेयर बजारमा २८.३१ अंकको गिरावट « Khabarhub

सेयर बजारमा २८.३१ अंकको गिरावट


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२४ अंकले घटेर ३४८.७९ विन्दुमा पुगेको छ।

यसअघि बिहीबार कारोबारमा भने नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७७ विन्दुमा अडिएको थियो थियो  । सोही दिन ९२ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार गिरावट आए पनि कारोबार रकम भने बढेको छ । कूल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १५ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ।

यसैगरी, नेप्से सुचकमा १५ कम्पनीमा वृद्धि भएको छ । २०१ कम्पनीमा ओरालो लागेको छ । कारोबारको आधारमा नविल बैंक र सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीहरूको ५ करोड ७८ लाखको कारोबार गरेको छ । आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै हाइड्रोपावर सुचकको २.३५ प्रतिशतले मूल्य घटेको छ । 

कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । यस कम्पनीले सर्वाधिक कमाएको छ। सानिमा ग्रोथ फण्डको ६.४६ प्रतिशतको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ५९ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि