विकासमा सबैको अधिकार सुनिश्चित गर्न माग | Khabarhub Khabarhub

विकासमा सबैको अधिकार सुनिश्चित गर्न माग


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरसरकारी संस्था महासङ्घ नेपालले विपद् जोखिम न्यूनीकरणका लागि भूउपयोग र सुरक्षित बसोबास योजना ल्याउन तथा विपद् व्यवस्थापन संयन्त्रको सही परिचालन गर्न माग गरेको छ । 

यही चैत २३ र २४ सम्म चलेको महासङ्घको राष्ट्रिय नागरिक सम्मेलनले १९ बुँदे ‘नागरिक सम्मेलन घोषणापत्र’ जारी गर्दै सुरक्षित सडक सञ्जाल निर्माण एवं जलवायु न्याय कार्यमार्फत विपद् उत्थानशील राष्ट्र निर्माण हुनेगरि सरोकारवालासँग सहकार्य गर्न माग गरेको हो । 

महासङ्घले जलवायु परिवर्तनको असरस्वरूप देशका विभिन्न भूभाग बाढी, पहिरो, डुबान, कटानका कारण उच्च जोखिममा रहेको र ठूलो क्षति व्यहोर्नु परेको जनाएको छ । 

घोषणापत्रमा दिगो विकास लक्ष्यको मर्मलाई आतमसात् गर्दै सबै सरोकारवालासँगको सहभागितामा कार्यान्वयनको योजना निर्माण गरी स्थायीकरण गर्न र हासिल भएका उपलब्धिलाई एकीकृत तथ्यांकीकरण प्रणाली विकास गरी विकासमा सबैको अधिकार सुनिश्चित हुने वातावरण सिर्जना गर्न माग गरिएको छ । 

महिलामाथि हुने हिंसा, मानव बेचबिखन, बालबालिका ओसारपसार, बालबालिकामाथि हुने दुर्व्यवहार, जातीय विभेद तथा छुवाछूत जस्ता कुसंस्कारप्रति स्थानीय, प्रदेश र संघीय सरकार संवेदनशील भई यस्ता गतिविधि रोक्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । 

घोषणापत्रमा नेपालका लागि लक्षित वैदेशिक सहायताको निश्चित प्रतिशत सामाजिक सङ्घसंस्थामार्फत लगानी गर्ने व्यवस्था मिलाउन, वैदेशिक सहयोग तथा विकास प्रभावकारिता अभिवृद्धि गर्न, नेपालका विकास लागि छुट्याइएको विकास सहायतामा विदेशी संस्थाले प्रतिस्पर्धा गर्ने वातावरण हटाउँदै नेपाली नागरिक संस्थाले मात्र प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्न माग गरिएको छ ।

महासङ्घले कोभिड-१९ महामारी तथा रसिया–युक्रेन युद्धका कारण परेको नकारात्मक असर तथा मूल्यवृद्धिलाई न्यूनीकरण गर्न तथा कोरोनाले गरिब तथा अल्पविकसित र विकासशील देशमा पारेको प्रभावलाई मध्यनजर गर्दै लगानी बढाउनुका साथै शान्तिपूर्ण वार्ताका माध्यमबाट युद्धलगायत विवादको समाधान गर्न विश्व समुदायसमक्ष आह्वान गरेको छ । घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण गर्न तथा महँगीका कारण सर्वसाधारणको जनजिविका कठिन भइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुशासन प्रवर्द्धन र महँगी नियन्त्रण गर्न माग गरिएको छ । 

महासङ्घ नेपाली गैरसरकारी सामाजिक सङ्घसंस्थाको छाता संगठनका रुपमा रहेको छ । महासङ्घको २८औँ साधारणसभा ‘विपद् उत्थानशीलका, दिगो विकास र समृद्धिका लागि साझेदारीः स्वतन्त्रता, सुशासन र सामाजिक क्षेत्रको पहिचानका लागि पहरेदारी’ भन्ने नाराका साथ सम्पन्न भएको थियो ।

देशभरका सात हजार आठ सय सामाजिक सङ्घसंस्था, करिब चार सय स्थानीय तह समन्वय समिति र ७७ जिल्ला तथा सात प्रदेश र सङ्घको समितिको प्रतिनिधित्व गर्दै गैससकर्मीको साधारणसभामा उपस्थिति थियो । 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : ०३ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन