अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सुरु | Khabarhub Khabarhub

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सुरु


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरुवात गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्त रुपमा अनलाइन सेवाको  शुभारम्भ गरेका हुन् ।

सेवाग्राहीले अब गाउँपालिकाको करदाता ‘पोर्टल’ खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल कनेक्ट आईपीएस र इ सेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत इन्जिनियर सूर्य तिमिल्सिनाले जानकारी दिए । स्थानीय तह भुक्तानी विकल्पमा गएर अन्नपूर्ण गाउँपालिका छनौट गरी सिधै भुक्तानीसमेत गर्न सकिने तिमिल्सिनाले बताए। 

अन्नपूर्ण गाउँपालिका अध्यक्ष  के.सीले प्रविधिको युग भएकाले त्यसैअनुसार आफूहरू अगाडि बढिरहेको बताए । प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात् गरेको उनको भनाइ थियो ।

 यसअघि नै गाउँपालिकाले क्यू–आर कोडमार्फत भुक्तानी लिएर बिल काट्न सुरु गरेको थियो । यसका लागि पालिकाको कार्यालय जानैपथ्र्यो । अब भने त्यो बाध्यता हटेको छ । हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ३५ सयभन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् । 

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : १७ बजे

खुम बहादुर बिकलाई प्रचण्डको आर्थिक सहयोग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

शिक्षा विधेयकका यी मुख्य पाँच प्रस्ताव फेर्न निजी विद्यालय सञ्चालकको दबाब

काठमाडौं- निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० लाई संशोधन नगरे

कांग्रेस र एमाले दुईदलीय व्यवस्थाको ‘मिसन’मा अघि बढ्दै छन् : सांसद बस्नेत

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले नेपाली

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

मन्थली– रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी

कांग्रेस-एमालेलाई ‘धिक्कार्दै’ राप्रपा सांसदले भनिन्- खाली कागजमा सही गराउने कस्ता पार्टी, कस्ता माननीय ?

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लेसंवैधनिक परिषद्‍मा बहुमत नपुगेपछि उपसभामुख