कोशी प्रदेश नामाकरणविरुद्ध पुन: आन्दोलन हुने | Khabarhub Khabarhub

कोशी प्रदेश नामाकरणविरुद्ध पुन: आन्दोलन हुने


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आजदेखि कोशी प्रदेश नामाकरण विरुद्ध पुन: आन्दोलन सुरु हुने भएको छ । आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो । 

संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार सो आजबाट सुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ । प्रदेश-१ को नाम कोशी राखे पछि मुख्यत: किराँत र लिम्बुवान समुदायका मानिसहर आक्रोशित हुँदै आएका छन । 

यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिष्कार तथा उपस्थित भएर विरोध गर्ने जनाईएको छ भने कोशी प्रदेशका जिल्लाहरूमा निरन्तर रुपमा कोणसभा, सङ्घर्ष समिति गठन तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने लगायतका कार्य प्रदेशभरि गरिने कार्यक्रम सार्वजनिक गरिएको  छ । 

जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान चलाउने र जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने जनाईएको छ ।

यसैगरी ‘पहिचानका लागि युवा’ भन्ने अलग्गै संगठन बनाउने देखी कोशी प्रदेशस्तरीय आमसभा गरेर पहिलो चरणको आन्दोलन टुंग्याइने जनाईएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : ३९ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र