गलत ब्रसको प्रयोगले दाँत र गिजामा समस्या | Khabarhub Khabarhub

गलत ब्रसको प्रयोगले दाँत र गिजामा समस्या

दाँत र गिजाको हेरचाह : दिनमा दुई पटक ब्रस गर्ने


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय गिजामा धेरै समस्या देखिन थालेका छन्। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या देखिन सक्ने चिकित्सकले बताएका छन्। हामीले हाम्रो गिजा र दाँतको समस्यालाई कसरी समाधान गर्ने ? उपचारको पद्धति कस्तो छ ? यो समस्या सामान्य हो भनेर घरैमा बस्दा कस्तो जोखिम हुन्छ ? यी र यस्तै प्रश्नको जवाफका लागि दन्त चिकित्सक डा. किरण आर्चायसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय हाम्रो गिजामा के कस्ता समस्या देखा परेका छन् ?
गिजा पाक्ने समस्या धेरै जनालाई भएको पाइएको छ। सुरुमा दाँत माझ्दा रगत आउने नै गिजाको रोगको पहिलो लक्षण हो। त्यो बेला नै उपचार गर्नु पर्दछ। यदि समयमा उपचार भएन भने विस्तारै हड्डी खिइँदै जान्छ र पछि दाँत नै निकाल्नु पर्ने हुन्छ। हामीले खाएको खाना दाँतमा पसेर बस्छ र त्यो फोहोर भएर दाँत खियाउँदै जान्छ। त्यसैले सधैँ घरमा नै बसेर ब्रस गर्नु वा सफा गर्नु भन्दा वर्षमा एक पटक दन्त चिकित्सकलाई भेटेर स्केलिङ गर्न सकिन्छ। कहिले काँही धेरे फोहोर भएर पिप आउने समस्या पनि हुन्छ। बिरामी लास्ट स्टेजमा अस्पतालमा आउने हुँदा त्यसमा दाँत नै निकाल्नु पर्नेसम्म हुन्छ।

कस्तो कस्तो मान्छेमा यस्तो समस्या देखिएको छ ?
प्राय १७ देखि ३२ वर्षसम्मका युवामा यो दाँत र गिजा सम्बन्धी समस्या देखिएको छ। ब्रस गर्न नजानेर, सफ्ट ब्रसको प्रयोग नगरेर पनि यो उमेरकालाई समस्या धेरै भएको छ।

दाँतलाई जोगाउन सके, गिजा पनि जोगिने रहेछ। दाँतको हेरचाह चाँहि कसरी गर्ने ? कसरी ब्रस गर्ने ?
जहिले पनि हामीले ब्रस गर्दा नरम ब्रसको मात्र प्रयोग गर्नुपर्छ। नरम ब्रस थाहा पाउन ब्रसको पछाडि हेर्दा सफ्ट वा मिडियम भनेको हुन्छ। त्यो प्रयोग गर्नु पर्दछ। नरम ब्रसले गिजा र दाँतमा सबै तिर माझ्दा दुई दाँतको बीचको फोहोर पनि सजिलै बाहिर निस्किन्छ। गिजामा चाहिने जति सबै मसाज पुग्छ। भित्री तहको सफा गर्दा हामीले छड्के पारेर ब्रस गर्नु पर्दछ। दिनमा दुई पटक बिहान, केही खाएपछि वा बेलुका सुत्नु भन्दा अगाडि ब्रस गर्नु पर्दछ। ब्रस गरेको दुई घण्टासम्म केही नखाँदा राम्रो मानिन्छ। केही टाँसिने खालको खाना खाएपछि तुरुन्तै कुल्ला गरिहाल्नुपर्छ।

सूर्तीजन्य पदार्थले कत्तिको असर गर्दछ ?
यस्तो सेवनले मुखको क्यान्सर, गिजाको क्यान्सर हुने सम्भावना धेरै हुन्छ। त्यसैले समयमा नै सजकता अपनाउनुपर्छ।

छालामा रगत र पिप आयो भने क्यान्सर भएको भन्न मिल्छ ?
केयर गरेन भने ओरल क्यान्सर हुनसक्छ। सूर्ती, गुट्का धेरै खाने मान्छेलाई ओरल क्यान्सर हुन्छ। यसको पहिला नै सङ्केत देखा पर्दछ। त्यसमा मुखको भित्र गालाको भाग नरम हुँदै जान्छ। त्यसैले यस्तो लक्षण देखा परेको छ भनेर तुरुन्त जाँच गरिहाल्नु पर्दछ। शरीरमा मधुमेह छ भने पनि दाँतमा फोहोर बसेर पिप आउँछ। यस्तो समस्या थाहा भएमा अस्पताल गएर स्केलिङ गर्नु पर्दछ।

दाँत किराले खाने अवस्था कुन बेला आउने हो ?
पछिल्लो समयका खानाका कारणले दाँतमा धेरै समस्या आएका छन्। जस्तो ः जङ्क फुडहरू गुलियो नभए पनि चिल्लो हुन्छ। अहिलेका बच्चा सानैदेखि धेरै चकलेट खाने हुँदा किराले खाएको छ। बच्चामा दाँत माझ्ने तरिका नमिलेर पनि समस्या आएको छ। त्यसको लागि दिनमा दुई पटक दाँत माझ्नु पर्दछ। दाँतका सबै भाग भित्र बाहिर राम्रोसँग माझ्नु पर्दछ। ठिक तरिकाले दुई मिनेट जति नरम ब्रसले माझ्नु राम्रो हुन्छ।

दाँतमा कुनै पनि समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
– ब्रस राम्रोसँग गर्नु पर्दछ। जसले गर्दा दाँतमा किरा लाग्दैन।
– ६ महिनाको फरकमा डेन्टिसकोमा गएर जाँच गर्नु पर्दछ।
– हामीले खाएको खाना अड्किएर दाँतमा समस्या हुन्छ। हामीले खाएको खाना दाँतमा जम्मा भएर एसिड बनाउँछ। त्यो एसिडले दाँतलाई खियाउँछ र दाँतको पहिलो सतह इनामेललाई खियाएर किरा लाग्ने हुन्छ।
– नरम ब्रस प्रयोग गर्ने।
– दाँत र गिजा दुबैलाई हुनेगरी ब्रस गर्ने।
-ओठ गाला तलमाथि सबै ठाउँमा दाँतको सफा गर्ने।
– सुपारी, पान, गुट्का नखाने।
– दिनमा दुई पटक ब्रस अनिवार्य गर्नुपर्छ।
– चिसो पेयपदार्थ धेरै नखाने।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : ०७ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले