प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै स्थानीय तह « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिँदै स्थानीय तह


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका आठ वटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयवासीलाई रोजगारी दिन थालेका छन् । बेरोजगारलाई रोजगारी दिन सरकारले सुरु गरेको उक्त कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहका रोजगार शाखाले जनाएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत कनकासुन्दरी गाउँपालिकामा तीन सय ५० जनालाई रोजगारी दिइएको छ । पचास दिनका लागि विकास निर्माणका काम गर्ने गरी रोजगारी दिइएको र सो अवधिमा रोजगारदाताले प्रतिव्यक्ति २८ हजार आठ सय ५० रुपैयाँ आम्दानी गरेको गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत पालिकामा १७ मध्ये १० आयोजना सम्पन्न भइसकेका छन् ।  चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक करोड एक लाख १५ हजार रुपैयाँ बजेट छुट्टाइएको थियो ।

उक्त कार्यक्रमअन्तर्गत चिन्डेखोला–तलिगाउँ गोरेटोबाटो, धोबीघाट, आवि साउवाडा पर्खाल निर्माण, टापुज्युला तटबन्ध निर्माण, तल्लो रानिसैनदेखि खिच्ने विद्यालयसम्म ढुङ्गा विछ्याउने, चुतीखेल्ना–सार्कीवाडा–ल्वारवाडा–दमाइँवाठा पिसिसी बाटो र बैदारवाडा खानेपानी मर्मत तथा ढल निकास आयोजना निर्माणाधीन अवस्थामा रहेको संयोजक न्यौपानेको भनाइ थियो । पालिकाभित्रका एक सय दुई जनालाई रोजगारी दिएका छौँ ।

विकास निर्माण काममा बेरोजगारलाई रोजगार दिने गरी सय दिनको काम लगाइएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञा भण्डारीले जानकारी दिइन्। चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि ७० लाख रुपैयाँ बजेट विनियोजित गरिएको थियो

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालन भएका विकासे योजना अन्तिम चरणमा पुगेका छन् । उक्त कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनाको अन्तिम अनुगमन गर्न बाँकी रहेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् । उक्त पालिकाभित्रका नौ वटै वडामा सो कार्यक्रम लागू गरिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ०३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका