पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो ।

भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले आफूमाथिको अभियोग राजनीतिप्ररित रहेको बताउँदै आएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बख्तरबन्द गाडीमा आएका प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।

गत वर्षको अप्रिल महिनामा उनी प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसयता उनी मुलुकमा तत्काल निर्वाचन हुनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ४ : ११ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती