नवलपुरको सामुदायिक वनमा चितुवा मृत फेला « Khabarhub

नवलपुरको सामुदायिक वनमा चितुवा मृत फेला


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपुरको एक सामुदायिक वनमा चितुवा मृत फेला परेको छ । शरीरको अंग काटिएको अवस्थामा चितुवा मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

देवचुली नगरपालिका– ९ को घुमाउरी सामुदायिक वनमा मृत चितुवा फेला परेको हो । चारवटै खुट्टा र बंगारा काटिएको अवस्थामा वयस्क भाले चितुवा मृत फेला परेको छ ।

खुरसहितका चारवटै खुट्टा र दाह्रासहितको बंगारा नभेटिएकाले तस्कर गिरोहको संलग्नता भएको हुन सक्ने वन कार्यालयको अनुमान छ । कार्यालयका सहायक वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार अखेटोपहारको गैरकानुनी र अवैध धन्दामा संलग्न तस्करको गिरोहले मारेको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको छ।

जंगलमा घाँस–दाउरा गर्न गएका महिलाको समूहले वनको धेरैभित्र अप्ठेरो खोँच ढुंगे ओडारजस्तो ठाउँमा सुतिरहेको बाघ देखिएको भनी खबर गरेपश्चात् वन कर्मचारी–प्राविधिकसहितको टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ५ : ५७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका