युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव छैन' : राष्ट्रसङ्घ महासचिव | Khabarhub Khabarhub

युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव छैन’ : राष्ट्रसङ्घ महासचिव


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन् ।

रूस र युक्रेनका नेताहरूले दोस्रो विश्वयुद्धको अन्त्यको अवसरमा आयोजित कार्यक्रममा विजय हासिल गर्न आह्वान गरिरहेका बेला उनको यो भनाइ आएको हो ।

संयुक्त राष्ट्रसंघका प्रमुखले स्पेनी दैनिक एल पाइसलाई दिएको अन्तर्वार्तामा भने, “दुई पक्षहरू यस युद्धमा पूर्ण रूपमा लीन छन् र उनीहरूले युद्ध जित्न सकिन्छ भन्नेमा विश्वस्त छन् ।”

भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव भएपनि तत्काल कुनै पक्ष यसका लागि तयार नदेखिएको उनले बताएका हुन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको लालचौकमा आयोजित विजय दिवस परेडमा विश्व ‘महत्वपूर्ण मोड’ मा रहेको र रूसविरुद्ध ‘युद्ध’ सुरु भएको दाबी गरेका थिए ।

त्यसको अघिल्लो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाजीवादलाई परास्त गरेझैं रूसी सेनालाई पनि परास्त गरिने दृढता व्यक्त गरेका थिए ।

युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न चीनले दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन ग्याङले यसै साता युरोपको भ्रमण गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : ४३ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये