पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट, दुई घाइते « Khabarhub

पाल्पामा आगलागीबाट चार घर जलेर नष्ट, दुई घाइते


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

पाल्पा : पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आज दिउँसो करिब ३ बजेको समयमा गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको छ ।

मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने भिमिसरा साठीघरेको घर आंशिकरूपमा जलेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । सात बाख्रा, एक बङ्गुर मरेको स्थानीयवासीले बताएका छन् ।

घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । स्थानीय, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रण गर्न जुटेका छन् । चारैतिर जङ्गल र बीचमा बस्ती भएकाले आगो अन्यत्र पनि फैलने जोखिम छ । आगो नियन्त्रणमा ल्याउने कोसिस भइरहेको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थलगतरूपमा घटनाको अनुगमन गर्नुहुँदै पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गर्ने बताए । जङ्गलमा आगो कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

आगलागीबाट ७६ वर्षीय दलबहादुर साठीघरे र उहाँकी बुहारी लक्ष्मी साठीघरे घाइते भएका छन्। घाइतेलाई रामपुर नगरपालिकाले रामपुर अस्पतालसम्म ल्याएर उपचार गराइरहेको छ । आगलागीबाट के कति क्षति भयो त्यसको विवरण सङ्कलन भइरहेकाले आउन बाँकी छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ९ : ५७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल