राष्ट्रियसभा बैठक : बजेटमाथिको सामान्य छलफल सम्पन्न | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : बजेटमाथिको सामान्य छलफल सम्पन्न


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ  

बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रियसभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । राष्ट्रियसभामा यही जेठ २४, २५ र २६ गते बजेटमाथि सामान्य छलफल भएको थियो । 

यही जेठ २४ गतेको बैठकमा अर्थमन्त्री डा महतले ‘आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव गरेका थिए ।

यसैबीच आजको बैठकमा बोल्ने अधिकांश सांसदले बजेटमा असार मसान्तदेखि नै प्रभावकारी अनुगमन गर्दै बजेट कार्यान्वयन गर्ने उल्लेख भए पनि कुन विधिद्वारा कार्यान्वयनमा गर्ने भन्नेमा सरकारले प्रष्ट पार्नुपर्ने बताए । 

सांसद जयन्ती राईले बजेटमा नयाँ विषय समावेश गरिएको, प्रगतिशील कार्यक्रम र विकासका योजना समेटिएको उल्लेख गर्दै जस्ताकोतस्तै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णप्रसाद पौडेलले सुझबुझका साथ आम नेपालीको इच्छा, आकाङ्क्षा, आशा र भरोसा जित्ने बजेट आएको उल्लेख गर्दै बजेटलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरेर जानुपर्ने बताए। “बजेटको कार्यान्वयन सही ढङ्गले होस्, आम नागरिकले यसको प्रतिफल प्राप्त गर्न सकून्”, उनले भने । 

सांसद जीतेन्द्रनारायण देवले नेपालको आर्थिक परिस्थितिको सन्दर्भमा बजेट सन्तुलित, व्यवहारिक र राष्ट्रहितमा केन्द्रित रहेको बताए । सांसद देवेन्द्र दाहालले बजेटमा सांसदले उठाएका विषय सम्बोधन गर्ने अवस्था नरहे बजेटमाथि छलफल गर्नुको अर्थ नभएको बताए । 

सांसद हरिराम चौधरीले अवैधानिक बाटोबाट वैदेशिक रोजगारीमा पुगेर अलपत्र परेका, मृत्यु भएका श्रमिकको उद्धारमा बजेटले ध्यान दिन नसकेको बताए ।  सरकारले यही जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै १६ मिनेटपछि बस्नेछ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १ : ०३ बजे

प्रधानमन्त्रीबाट राष्ट्रिय धान दिवसको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको

पाखाबारीमा केराखेती, वार्षिक १५ लाखसम्म आम्दानी

म्याग्दी- बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध नेपाली ओपनर जैसीले बनाए शतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

पल्मेराइस क्लब विश्वकपको दोस्रो चरणमा

काठमाडौं – पल्मेराइस फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा

पौवादुङमाका उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

भोजपुर– विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट